नियम ३३
प्रसूति बिदा
(१) महिला प्रहरी कर्मचारी गर्भवती भएमा निजले सुत्केरी हुनभन्दा अघि वा सुत्केरी भएपछि गरी साठी दिन प्रसूति बिदा लिन पाउनेछ ।
(२) प्रसूति बिदा बस्ने महिला प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।
(३) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएको महिला प्रहरी कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टी नहुने गरी थप तीन महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्नेछ । त्यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदास“ग लगातार रूपमा लिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम बेतलवी बिदामा बसेको अवधि सेवा अवधिमा जोडिनेछ ।